क्रमशः २१
निजी क्षेत्रबाट सञ्चालित कुरियरबाट हुने निकासी पैठारी सम्बन्धी व्यवस्थाः
व्यवस्था: निजी क्षेत्रबाट सञ्चालित कुरियरमार्फत हुने निकासी पैठारीका सम्बन्धमा देहायका व्यवस्था लागू हुनेछ:-
(१) देहायका मालवस्तु कुरियरबाट पैठारी गर्न पाइने छैनः-
(क) एक पोकामा सत्तरी किलोग्रामभन्दा बढी तौल भएको,
(ख) जनावर तथा तिनका अङ्ग,
(ग) वनस्पति र तिनका अङ्ग,
(घ) जुनसुकै स्वरुपका सुन, चाँदी तथा गरगहना,
(ङ) बहुमूल्य तथा अर्ध बहुमूल्य पत्थर,
(च): - प्रचलित कानून बमोजिम पैठारीको लागि प्रतिबन्ध लगाइएका अन्य मालवस्तु ।
(२) देहायका मालवस्तु कुरियरबाट निकासी गर्न पाइने छैनः-
(क) निकासी महसुल लाग्ने मालवस्तु,
(ख) बण्डेड वेयर हाउस तथा पासबुक सुविधा उपभोग गरेका उच्योगहरूले निकासी गर्ने मालवस्तु,
(ग) प्रचलित कानून बमोजिम निकासीको लागि प्रतिबन्ध लगाइएका अन्य मालवस्तु ।
(३) कुरियर कम्पनीले आफ्नो कुरियरमार्फत हुने पैठारी वा निकासीको कन्सोलिडेटेड मेनिफेस्ट अग्रिम रुपमा भन्सार कार्यालयमा प्रस्तुत गर्नु पर्नेछ। भन्सार कार्यालयले मालवस्तु जाँचपास गर्दा प्रज्ञापनपत्रका साथ त्यस्तो मेनिफेष्टको प्रतिलिपि अनिवार्य रुपमा संलग्न गर्नु पर्नेछ।
(४) नमूना (स्याम्पल) वा निःशुल्क उपहारको रुपमा एक कन्साइन्मेन्टमा पाँच सय अमेरिकी डलर मूल्यसम्मको मालवस्तु भुक्तानी प्रक्रिया बिना: पैठारी गर्न सकिनेछ। व्यापारिक प्रयोजनका हकमा अधिकतम एक हजार अमेरिकी डलर मूल्यसम्मको मालवस्तु स्वीकृत बैड्िङ्ग प्रणाली अन्तर्गत भुक्तानी हुने गरी पैठारी गर्न सकिनेछ र त्यसरी हुने पैठारीका हकमा सामान्य भन्सार प्रक्रिया अवलम्बन गर्नु पर्नेछ।
(५) नमूना (स्याम्पल) वा निःशुल्क उपहारको रुपमा एक कन्साइन्मेन्टमा एकहजार अमेरिकी डलर मूल्यसम्मको मालवस्तु भुक्तानी प्रक्रिया बिना निकासी गर्न सकिनेछ। व्यापारिक प्रयोजनका हकमा अधिकतम दश हजार अमेरिकी डलर मूल्यसम्मको मालवस्तु स्वीकृत बैङ्िङ्ग प्रणाली अन्तर्गत भुक्तानी हुने गरी निकासी गर्न सकिनेछ र यसरी हुने निकासीका हकमा सामान्य भन्सार प्रक्रिया अवलम्बन गर्नु पर्नेछ।
(६) निकासी वा पैठारी गर्दा प्रेषकले प्रत्येक पोकामा रहेको मालवस्तुको तौल समेतको विवरण र मूल्य खुलेको फाराम वा कन्सोलिडेटेड मेनिफेष्ट प्रत्येक पोकासँगै पठाउनु पर्नेछ।
(७) निकासी पैठारी हुने मालवस्तु जाँचपास गर्दा प्रज्ञापनपत्रका साथ उपदफा (६) बमोजिमको फाराम वा मेनिफेष्टको प्रतिलिपि संलग्न गर्नु पर्नेछ ।
(८) नेपाल सरकारको स्वीकृति लिई निकासी वा पैठारी हुने मालवस्तु तथा डाक्टरको प्रेस्क्रिप्सनतका आधारमा पैठारी हुने औषधिको हकमा उपदफा (४) र (५) बमोजिमको मूल्यको
बन्देज लागू हुने छैन।
(९) उपदफा (४) र (५) बमोजिम निकासी वा पैठारी हुने नमूना वा उपहारका हकमा अन्य आवश्यक कागजातका अतिरिक्त उपदफा (६) बमोजिमको फाराम वा मेनिफेस्ट संलग्न गरी सम्बन्धित कुरियर कम्पनीकै नाममा प्रज्ञापनपत्र भरी जाँचपास गर्न सकिनेछ।
(१०) यस दफा बमोजिमको व्यवस्था जुनसुकै मुलुकबाट हुने पैठारी वा जुनसुकै मुलुकमा हुने निकासीका हकमा लागू हुनेछ।
(११) उपदफा (४) र (५) मा तोकिएको मूल्यको सीमा नेपाल सरकार, उद्योग, वाणिज्य /तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी हेरफेर गरेमा सोही बमोजिम हुनेछ।
(१२) यस दफाको कार्यान्वयनमा कुनै बाधा अडकाउ परेमा भन्सार विभागको महानिर्देशकले- त्यस्तो बाधा अडकाउ फुकाउन वा यस दफामा उल्लिखित प्रक्रियालाई आवश्यकता अनुसार सरलीकरण गर्न सक्नेछ।